पोखराको महेन्द्रपुलमा डोजर चल्यो

पोखराको महेन्द्रपुलमा डोजर चल्यो

पोखरा महानगरपालिकाले महेन्द्र पुल वरिपरिका सटर तथा केही घर डोजर लगाएर भत्काएको छ । महानगरको आफ्नै स्वामित्वको जमिनमा रहेका केही सटर तथा घरमा डोजर लगाइएको हो ।

महानगरपालिका प्रमुख धनराज आचार्य र पोखरा ९ का वडाध्यक्षसहितको टोलीको उपस्थितिमा आज बिहान ती घर तथा सटर भत्काइएको हो । महानगरपालिकाले ३५ दिने सूचना दिएर पसल हटाइएको दाबी गरेको छ ।

२०५६ सालमा स्थापित पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएकाले भत्काइएको दाबी गरिएको छ । ग्यालरी रहेको भवनको भुईं तलाका सटर भाडामा दिइएको थियो ।
आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको छ ।

मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोली नगर प्रहरी लिएर बिहीबार महेन्द्रपुलका घर तथा सटर भत्काउन गएको थियो । त्यहाँ बसेका पसलेहरूलाई हट्न यसअघि नै महानगरपालिकाले ३५ दिने सूचना दिएको थियो ।

त्यो म्याद २२ भदौमै सकियो । तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो ।

ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर,सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौँ राजस्व उठाउन बाँकी रहेको मेयर आचार्यले बताउनुभयो ।

टिप्पणीहरू