देउवाले अडान छोडे शेखरले बिद्रोह गर्ने
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा एक सय सीटभन्दा कममा सम्झौता गरे पार्टीमा विद्रोह हुने चेतावनी दिएका छन् । पार्टीभित्र उम्मेदवारका आकाङ्क्षी धेरै रहेकाले उनीहरुको व्यवस्थापनका लागि पनि सीटमा अडान छोड्न नहुने उनले बताए ।
‘१६५ क्षेत्रमै काँग्रेसले एक्लै प्रतिनिधि उठाउने हो भने पनि आकाङ्क्षीलाई व्यवस्थापन गर्न गाह्रो छ, यसकारण पनि गठबन्धन गर्दा कम्तिमा पनि १०० क्षेत्र काँग्रेसले लिनुपर्ने हुन्छ’,पार्टी कामका लागि जनकपुर पुगेका कोइरालाले भने ।
काँग्रेसले बहुमत ल्याउन पनि न्यूनतम सय सीट लिनैपर्ने उनको भनाइ छ । बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा पाँच वर्ष सरकार चलाउनका लागि गठबन्धन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि पनि धेरै सीट छोड्न नहुने कोइरालाले बताए ।
गठबन्धनमा आबद्ध दलहरूका विचार र सिद्धान्त नमिल्ने भएकाले चुनावी तालमेल सफल हुनेमा उनले आशंका गरे । सत्ता गठबन्धनमा सीट भागबण्डा मिलाउन सकस परिरहेका बेला काँग्रेसको ‘बिद्रोही समूह’ का नेताको यस्तो अभिव्यक्ति आएको हो ।
टिप्पणीहरू