सन्दीप लामिछाने काठमाडौँ उत्रेलगत्तै समातिने

सन्दीप लामिछाने काठमाडौँ उत्रेलगत्तै समातिने

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेकाे छ । अदालतले नेपाल प्रहरीलाई आज पक्राउको अनुमति दिएको हो ।

एक नाबालिक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएपछि अनुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

हाल क्रिकेट खेल्न वेष्टइण्डिजमा रहेका नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीपविरुद्ध एक १७ वर्षीय किशोरीले हिजो महानगरीय प्रहरी वृत्त गौशालामा बलात्कारको आरोपमा किटानी जाहेरी दिएकी थिइन् । त्यसलगत्तै अनुसन्धान थालेको प्रहरीले अदालतलाई भनेर पक्राउ पूर्जी जारी गराएसँगै अब सन्दीप नेपाल आइपुग्ने बितिक्कै समातेर थप अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

टिप्पणीहरू