कमल थापाले भने, ‘अन्तिम चुनाव हो, एक चान्स दिनुस्’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव आफ्नो लागि अन्तिम हुने बताएका छन् । कार्यकर्ता भेटघाटका लागि आज हेटौँडा पुगेका उनले त्यहाँ आयोजित एक कार्यक्रममा यस पटकको चुनाव आफ्नो राजनीतिक जीवनको अन्तिम हुने भएकाले जिताउन आग्रहसमेत गरे ।
यसअघिका निर्वाचनमा जितेर धेरै राम्रा काम गरेको दाबी गर्दै उनले भने, ‘जीवनमा धेरै पटक चुनाव लडेँ, काम गर्ने अवसर पनि पाएँ, गरेँ पनि, अब मात्रै एक चान्स दिनुस् ।’
कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले अन्तिम पटक चुनाव जितेर जिल्लाको लागि केही गर्न मन भएकोले फेरि पनि जनताको माया र आशीर्वाद आफूलाई मिल्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर-१ बाट एकल उम्मेदवार सिफारिस भएका अध्यक्ष थापा चुनावी अभियानअन्तर्गत गृहजिल्ला पुगेका हुन् ।
टिप्पणीहरू