वडाध्यक्षको नेतृत्वमा पशुपतिका अव्यवस्थित संरचना हटाइने
काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले पशुपतिनाथ मन्दिर वरपरका अवैध संरचना तत्काल हटाउन आग्रह गरेका छन् । महानगरपालिकाले त्यस्ता संरचना हटाउन गरेको आग्रहलाई बेवास्ता गरेपछि आफैँ उत्रनु परेको उनको भनाइ छ ।
पछिल्लो अनुरोधको अवज्ञा गरिए भोलिदेखि महानगरले व्यापारीका सामान उठाएर लैजाने वडाध्यक्षले बताए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचना भाडामा लगाइएको पाइएकाले दर्ता नभएका पसल संरचनाहरू आजैबाट बन्द गराइएको जानकारी दिएको छ ।
व्यापारीहरुले चाडबाडको पूर्व सन्ध्यामा थालिएको पसल हटाउने अभियानको विरोध गरेका छन् । उनीहरुले चाडबाडपछि उक्त कार्यमा आफूहरुको समेत साथ र समर्थन रहने बताए बताए ।
टिप्पणीहरू