दुईतिरका नेताको यो कस्तो संयोग

दुईतिरका नेताको यो कस्तो संयोग

एउटा ठूलो टोलीसहित आइतवार भदौ २७ गते नेपालमा अर्का विशिष्ट चिनियाँ पाहुना ओर्लिने भएका छन् ।

राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुको टोली हो, नेपाल आउन लागेको । उनी कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरोका स्थायी समिति सदस्य हुन्, जो राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि खछ्याङपछिको तेस्रो वरीयतामा पर्छन् । नेपाल आउनुअघि मंगोलिया र रुसको भ्रमण सिध्याउने तालिका छ । नेपालमा तीन दिनसम्म बसेर कोरिया हुँदै घर फर्किने तयारीमा छन् । लिको भ्रमणका दौरान उच्च सुरक्षा व्यवस्थासहित राष्ट्रपति सिजस्तै होटल सोल्टीमा बसोबासको व्यवस्था मिलाइएको छ । आफ्नै ठूलो जहाजमा आउने लिसँग मिडिया र मेडिकल टिमसहित आगन्तुकको संख्या करिब सय जनाको हुनेछ ।

त्यसमध्ये नेपाल सरकारको तर्फबाट भ्रमण दलका ११ जना निश्चित सदस्यलाई अतिथि सत्कार दिइने भएको छ । बाँकी खर्च चीन सरकारले नै व्यहोर्नेछ । लि अक्टोबरको जनकंग्रेसपछि उमेरका आधारमा अवकाश हुँदै छन् । उनी चीनमा राष्ट्रपतिपछिका दोस्रो र पार्टीमा तेस्रो हैसियतका नेता हुन् । लि घर फर्केर अवकाशमा गएजस्तै उनलाई बिदा गरेपछि यताका सभामुख अग्नि सापकोटा पनि असोज १ गतेदेखि भूपू हुने कुरा छ ।

टिप्पणीहरू