पाण्डे समूहले विवेकशील अभियान ब्युँताउने

पाण्डे समूहले विवेकशील अभियान ब्युँताउने

विवेकशील साझा पार्टीको असन्तुष्ट मिलन पाण्डे समूहले ‘विवेकशील अभियान’लाई पुनर्गठन गर्न भेला आयोजना गरेको छ । पार्टीको आगामी यात्रा ए निर्वाचनको रणनीति तय गर्न संविधान दिवसको दिन पारेर असोज ३ गते अगुवा कार्यकर्ता भेला बोलाइएको हो ।

तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र ‘मार्ग परिवर्तन’ का नाममा राजावादीको कित्तामा पुगेपछि चर्किएको अन्तर्विरोध अन्तत: अर्को अभियानको रुपमा अघि बढ्न लागेको हो । भेलाले रवीन्द्रको त्रुटिपूर्ण लाइन करेक्सन गरि भावी यात्रा तय गर्ने पाण्डे समूहका एक नेताले बताए ।

पाण्डेले नेतृत्व गरेको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीले एकीकरण पत्रमा हस्ताक्षर गरेको मसी नसुक्न नपाउँदै कलह सुरु भएको थियो । मिश्रले दुई पार्टीबीच भएको सहमति विपरीत बैकल्पिक राजनीतिको अभियान विरोधी लाइन समातेपछि बिबाद उत्कर्षमा पुगेको हो ।

‘बिचार भन्दामाथि देश’ को अवधारणा ल्याएर मिश्र हिन्दु राज्य र संवैधानिक राजतन्त्रको पक्षमा उभिएपछि पाण्डे समूहले फरक मत राखेको थियो । पाण्डे समूहको उक्त गतिविधिलाई पार्टी हितविपरीत भएको ठहर गर्दै मिश्रले कारबाही गरेका थिए ।

पार्टीको विधान विपरीत आफूहरूलाई कारबाहीको किर्ते जालसाजी गरेको भन्दै पाण्डे समूहले अदालतमा मुद्दा हालेको थियो ।

टिप्पणीहरू