भदौरे वर्षाको दार्चुलामा ताण्डव, जनधनको ठूलो क्षति
अस्तिदेखिको लगातारको वर्षापछि आएको बाढी र पहिरोले दार्चुलामा जनधनको ठूलो क्षति भएको छ । बाढी र पहिरोमा आज बिहानसम्म पाँच जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता छन् ।
गए रातिको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । उक्त पालिकाको वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र २ नम्बर वडाका मोहनराम पार्कीको मृत्यु भएको छ । त्यहाँको पहिरोमा एक दर्जन घर पुरिएका छन्
स्थानीय लास्कु खोलाको बाढीले दुई जनालाई बगाएको छ । लास्कु खोलामा आएको बाढीले एकै घरका तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ । बाढीमा स्थानीय जलविद्युत गृह र सडक बनाउँदै गरेको जेसीभी पनि बगेको छ । एउटा झोलुङ्गे पुल र पक्की पुल पनि बाढीले बगाएको छ ।
महाकालीको किनारमा निर्माण गरिएको दार्चुला– तिङ्कर सडकमा पूर्णरुपमा क्षति पुगेको छ । उक्त सडकमा पार्किङ गरिएका पाँच वटा जिप, एक ट्र्याक्टर र एक ट्रली पनि बाढीले बगाएको छ ।
टिप्पणीहरू