एमालेसँग गठबन्धनको तयारी भएको लोसपाको दाबी, एमाले महासचिवद्वारा कसैसँग गठबन्धन नगर्ने उद्घोष
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले सत्तारुढ गठबन्धनमा सामेल हुने आफ्नो चाहना पूरा नहुने संकेत देखिएको बताएका छन् । उनीहरुले काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उक्त कार्यको निम्ति सकारात्मक भए पनि अन्य कारणले आफूहरुको योजना सफल नभएको बताएका हुन् ।
लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई समेट्ने प्रयास असफल भएको जानकारी दिएका छन् । उनले हिजो बोल्दै सत्तारुढ गठबन्धनसँग नभएपछि अब आफूहरु नेकपा एमालेसँग गठबन्धन गर्ने तयारीमा लागेको बताए । उनले भने, ‘त्यसको निम्ति अनौपचारिक कारहरु भइरहेका छन् ।’
उता एमाले महासचिव शंकर पोखरेलले आगामी संघ र प्रदेश सभा निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरमा राष्ट्रिय युवा संघ नेपाल वागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन् ।
टिप्पणीहरू