निलम्बित प्रधानन्यायाधीश एकमुष्ठ जवाफको निम्ति सिंहदरबारमा

निलम्बित प्रधानन्यायाधीश एकमुष्ठ जवाफको निम्ति सिंहदरबारमा

भदौको १६ गतेदेखि रोकिएको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँगको बयान आज फेरि हुन लागेको छ । बिहान ११ बजे बोलाइएको बयानको निम्ति राणा सिंहदरबार पुगिसक्नुभएको छ ।

आज संसद्को महाअभियोग छानबिन तथा सिफारिस समितिले उहाँसँग बाँकी ३२ वटा प्रश्न सोध्ने तयारी छ । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये यसअघि ११ वटा मात्रै सोधिएको छ ।

आजको बयान दोहोरो प्रश्नको आधारमा नहुने जानकारी यसअघि नै दिइएको छ । सांसदहरुले ३२ वटा प्रश्न एकै पटक सोधेपछि राणाले पनि एकै पटक सबैको जवाफ दिने बताइन्छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते गठबन्धन दलका सांसदहरूले २१ वटा आरोपसहित संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

टिप्पणीहरू