विमानस्थलमा भीसा र सुन टाइट, चोरी छिटपुट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय भिजिट भीसाको विषयले चर्चा पाएको छ । यो भिसामा विदेश जानेहरु विभिन्न समस्यामा पर्न थालेपछि सरकारले कडाइ गरेसङ्गै अहिले विमानस्थलको अध्यागमनमा प्रायः लफडा हुन थालेको बताइन्छ ।
तोकिएका कागजात नदेखाउनेलाई अध्यागमन कर्मचारीले छाप नहान्ने र भनाभनसमेत हुने गरेको छ । तर पछिल्लो समय भन्सारबाट सुन लिक हुँदै आएको घटना निकै कम भएको प्रहरीको दाबी छ । ‘सानातिना चोरी बाहेक पहिलेजस्तो किलोको किलो सुन ल्याउने प्रबृत्ति घटेको छ,अरु धन्दावाल पनि पछाडि हटेका छन्,’ प्रहरी स्रोतले भन्यो ।
तर विमानस्थलमा विशेषगरी कर्मचारीहरुबाटै सानातिना चोरीका घटना भइरहेको विमानस्थल कार्यालयका एक जना कर्मचारीले बताए । उनले भने, ‘विमानस्थलमा कार्यरत लोडरले चोरी गरेपछि कारवाहीको दायरामा पर्न थालेका छन् । पछिल्लो समय धेरै जना लोडर यात्रुको सामान झिकिदिएको काण्डमा समातिएका छन् ।’
टिप्पणीहरू