राहत सामग्री बोकेको नेपाल वायुसेवाको विमान कराँचीमा
पाकिस्तानमा हालैको बाढीबाट प्रभावित जनतालाई सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारले आज राहत सामग्री पाकिस्तान पठाएको छ । नेपाल वायुसेवाको विमान आज दिउँसो २२ हजार सात सय ६० किलोग्राम राहत सामग्री बोेकेर काठमाडौंबाट कराँची गएको हो ।
आर ए २१७१ नम्बरको उडानबाट लगिएको राहत सामग्रीसहित १३ जना पनि त्यता गएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालको नेतृत्वमा दिउँसो सवा १२ बजे त्यसतर्फ गएको टोलीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले बिदाइ गर्नुभएको हो ।
टिप्पणीहरू