गोल्ड मेडलिष्ट उपसचिवविरुद्धको मुद्दा तयार,आइतबार दायर गरिने

गोल्ड मेडलिष्ट उपसचिवविरुद्धको मुद्दा तयार,आइतबार दायर गरिने

गत साउन १७ गते पहिले ६ लाख र पछि साढे १६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा तयार भएको छ । आयोगले उनीविरुद्धको मुद्दा आगामी आइतबार दर्ता गर्ने तयारी गरेको छ ।

विश्वविद्यालयमा अध्ययनताका ‘गोल्ड मेडलिष्ट’ नेपाललाई अख्तियार टोलीले नागपोखरीस्थित एक होटलबाट अपरान्ह ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । त्यसपछि अख्तियारले उनले प्रयोग गर्ने बा. १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलास गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको हो ।

“सापटी पुष्टि हुने आधार बताउन सकेनन् । खोज्दै जाँदा उनले गलत प्रक्रियाबाट थप सम्पत्ति जुटाएको पाइयो । गोल्ड मेडलिष्ट भनेको त ‘गोल्ड’ नै रहेछन् ।’

आयोगले प्रारम्भ उक्त रकम पनि नेपालले घुसवापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको थियो । तर सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएको निवेदन अड्काएर नेपालले रकम मोलमोलाई गरेको त्यतिबेलै बताइएको थियो । आयोगको निगरानीमा परेका उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

यसबीचमा आयोगले गरेको अनुसन्धानमा नेपालले उक्त रकम ‘घुस’ नभएको बताउँदै आएका छन् । २२ लाख ५० हजारबाहेक अन्य रकम पनि ऋण सापटी भएको जिकीर गर्दै आएको बताइन्छ । अख्तियार स्रोतले भन्यो, ‘मान्छे ज्याद्रो रहेछन्,जताबाट सोधे पनि होइन मात्रै भन्छन् । तर सापटी पुष्टि हुने आधार बताउन सकेनन् । खोज्दै जाँदा उनले गलत प्रक्रियाबाट थप सम्पत्ति जुटाएको पाइयो । गोल्ड मेडलिष्ट भनेको त ‘गोल्ड’ नै रहेछन् ।’

टिप्पणीहरू