खुमल्टारमा महिला मन्त्री र महिला माननीय

खुमल्टारमा महिला मन्त्री र महिला माननीय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न नेता तथा कार्यकर्तासँगै अन्य दलका मन्त्री र सांसदसमेत पुगेका छन् । हिजो बिहान एक जना मन्त्री र सांसदले संयुक्त रुपमा अध्यक्ष प्रचण्डसँग भेटेका थिए ।

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा महिला,वालवालिका तथा समाज कल्याणमन्त्री उमा रेग्मी र जनमोर्चाकी सांसद दुर्गा पौडेल बिहान सवा ७ बजे पुग्नुभएको थियो । चियापानसँगै अध्यक्ष दाहाल र उहाँहरुबीच झण्डै पौने ९ बजेसम्म कुराकानी भएको बताइन्छ ।

टिप्पणीहरू