वरिष्ठ पत्रकार गौतमको निधन
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । अस्पतालको भेन्टिलेटरमा उपचाररत उहाँको आज बिहान निधन भएको हो ।
सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका तत्कालीन कार्यवाहक सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि श्वासप्रश्वासमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएको थियो ।
उहाँले पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता गर्नुभएको थियो । २०४२ को बम काण्डताका प्रहरी प्रशासनले गौतमलाई छ महिना थुनेको थियो ।
स्वर्गीय गौतमको अन्त्येष्टि अहिले बिहान पशुपति आर्यघाटमा हुने बताइएको छ ।
टिप्पणीहरू