एमाले बैठक अहिले ११ बजे फेरि

एमाले बैठक अहिले ११ बजे फेरि

हिजोको एमाले सचिवालय बैठक आज बिहान पुनः बस्दैछ । दिउँसो पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाइएको बैठक राति अबेर अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको थियो ।

संघ र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा बैठक आज बिहान ११ बजे पुनः डाकिएको छ ।

आज र भोलिसम्ममा निर्वाचन आयोगमा पेश गर्नुपर्ने बन्द सूचीको निम्ति एमाले बैठकले संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने निर्णय गरेको बताइएको छ ।

तर हिजो रातिको बैठकमा अछाम र पाकिस्तानको बाढी पहिरोमा भएको जनधनको क्षतिबारे छलफल गरिएको थियो ।

टिप्पणीहरू