बागमती र १ नम्बर प्रदेशमा ठूलो वर्षाको सम्भावना
आज प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित ठूलो वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बादल लागेको छ । प्रदेश १, बागमती प्रदेश, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकाध स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भनिएको छ ।
मुलुकका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लगातार र ठूलो वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमलाई ध्यान दिन भनिएको छ । यसबाट सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने र नदीनाला तथा खहरेहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।
टिप्पणीहरू