काठमाडौंका मेयरलाई अदालतको आदेश” भत्काउनुअघि रीत पुर्याउनु,क्षतिपूर्ति दिनु’

काठमाडौंका मेयरलाई अदालतको आदेश” भत्काउनुअघि रीत पुर्याउनु,क्षतिपूर्ति दिनु’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा भइरहेको मापदण्ड विपरितका संरचना भत्काउने अभियानमा उच्च अदालतले कानुनी रीत पुर्याउन र क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अदालतले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उक्त आदेश भएको छ ।

न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले काठमाण्डु महानगरपालिकालाई जेनेक्स इन्भेष्टेमण्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामा बनेका घरहरू कानुनी रीत नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

टिप्पणीहरू