दूध तताइरहेकी महिला आगोमा जलिन्

दूध तताइरहेकी महिला आगोमा जलिन्

बारामा ग्याँस लिक भएपछि लागेको आगोमा एक महिलाको ज्यान गएको छ । कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिनादेवी कुर्मीको ग्यास लिक भएपछि लागेको आगोमा परेर निधन भएको हो ।

घरमा ग्यास चुल्हो बालेर दूध तताउने क्रममा आगलागी हुँदा मीना जलेर गम्भीर घाइते भएकी थिइन् । उनको स्थानीय वीरगञ्ज मेडिकल अस्पतालबाट थप उपचारको निम्ति कीर्तिपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू