मुगुको सुलभ पसलमा ग्राहकको भीड, सबैको रोजाइ चामल
मुगुमा दसैँ तिहार पर्वलाई लक्षित गरी खोलिएको सुपथ मूल्य पसलमा सर्वसाधारणको भीड लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, मुगुले शनिरबारदेखि उक्त पसल सञ्चालनमा ल्याएको हो ।
पसलमा दिनहुँ ग्राहकको भीड लाग्ने गरेको छ । गमगढी बजारमा रहेको उक्त पसलमा अन्य पसलको भन्दा कम मूल्यमा खाद्यान्न र अत्यावश्यक सामान पाइने भएकाले ग्राहकहरुको चाप बढेको व्यापार कम्पनीले जनाएको छ । त्यहाँ तुलनात्मक रुपमा चामल सस्तो भएकाले स्थानीयले दिनभर लाइन लागेर चामल लिने गरेका हुन् ।
टिप्पणीहरू