नयाँ बाटोको कबाडी गोदाममा भीषण आगलागी
ललितपुरको नयाँबाटोमा रहेको एक कबाडी गोदाममा भीषण आगलागी भएको छ । केही बेरअघिदेखि लागेको आगलागी नियन्त्रणमा आएको छैन । आगोको धुँवा बेस्सरी निस्किन थालेपछि गोदामसंगै जोडिएका दुई वटा विद्यालयका विद्यार्थीहरुमा भागाभाग मच्चिएको छ ।
ललितपुर महानगरपालिकाको दमकल आगो निभाउनका लागि घटनास्थलतर्फ लागेको छ । स्थानीयबासीले आगो निभाउने प्रयास गरेपनि सवारी जामले गर्दा दमकललाई घटनास्थलसम्म पुग्न थप समस्या परेको बताइन्छ ।
आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण आउन बाँकी छ ।
टिप्पणीहरू