चिरिबाबु पनि बालेनकै बाटोमा- निकाले ३५ दिने सूचना
काठमाडौँ महानगरको अभियानलाई पछ्याउँदै देशका विभिन्न स्थानीय तहले धमाधम अवैध संरचना भत्काउने निर्णय गरिरहेका बेला ललितपुर महानगरपालिकाले पनि अवैध संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले नक्सा स्वीकृत नभएका र मापदण्ड विपरितका संरचनाहरु हटाउन निर्देशन दिएको हो ।
ललितपुरले सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना पनि हटाउन भनेको छ । ‘सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुनबमोजिम कायम गर्नुहुन अनुरोध छ’, सूचनामा उल्लेख छ ।
तोकिएको म्यादभित्र सूचनाअनुसार नभए आफैँले डोजर चलाउने महानगरको चेतावनी छ ।
टिप्पणीहरू