ठोरीको विकासमा सबैलाई हातेमालो गर्न मन्त्री चौधरीको सुझाव

ठोरीको विकासमा सबैलाई हातेमालो गर्न मन्त्री चौधरीको सुझाव

सहरी विकासमन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रमअन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका निम्ति करिब १० करोडका आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ । यस्तो ऐतिहासिक स्थलको वृहत्तर विकास गर्ने सवालमा यो वा त्यो दल नभनौँ । यसो गर्न सकिएमा हिन्दु धर्मावलम्वीहरुको घुइँचो लाग्ने छ । धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ ।’

ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजना निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिहरुले सबैलाई समेटेर नेतृत्व गर्नुपर्ने सुझाव पनि दिनुभएको छ ।

टिप्पणीहरू