गोठाटार हत्याकाण्डमा १९ वर्षका युवक र २१ वर्षकी युवती संलग्न
गोठाटार गोलीकाण्डमा संलग्न तीन जना समातिएका छन् । हत्यामा संलग्न भएको आशंकामा एक युवती, एक किशोर र एक युवक पक्राउ परेका हुन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी २१ वर्षीय महोरम मियाँ,वीरगञ्ज महानगरपालिका–१५ निवासी १९ वर्षीय रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका–१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तान हत्या आरोपमा समातिएका छन् ।
असोज ३ गते साँझ साढे ६ बजे लाल मोहम्मदलाई आफ्नै गार्मेन्टअगाडि मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । उनको उपचारको क्रममा राति साढे ९ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीले हत्याकाण्डमा प्रयोग भएका पेस्तोल, मेड इन युएसए लेखिएको पेस्तोल एक थान,२.९ एमएमको खोका चार र ३.९ एमएमको प्रयोग नभएको चार राउण्ड गोली पनि बरामद गरेको छ ।
तीनै जनालाई नियन्त्रणमा लिएर उनीहरूविरुद्ध ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू