जबरजस्ती करणी गरेको भन्दै झुठो जाहेरी दिने महिला पक्राउ
आफूलाई जबरजस्ती करणी गरेको भन्दै झुठो जाहेरी दिएकी एक महिलालाई प्रहरीले पक्रेको छ ।
नवलपरासीको वर्दघाट, चिसापानी घर भई हाल काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिला पक्राउ परेकी हुन् । आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याएर अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा झुठो जाहेरी दिएको देखिन आएपछि उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
‘ती महिलाको निवेदनमाथि अनुसन्धान र छानबिन गर्दा उक्त प्रकृतिको कुनै पनि घटना भएको देखिएन,’ महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दियो । निर्दोष पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाएर जाहेरीसमेत दिएकाले निज महिलालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
महिलालाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।
टिप्पणीहरू