एसियन प्रोफेसनल अचिभमेण्ट स्वदेशी तथा विदेशी ३४ जनालाई

एसियन प्रोफेसनल अचिभमेण्ट स्वदेशी तथा विदेशी ३४ जनालाई

सिजन मिडिया प्रालिले अन्तर्राष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेण्ट अवार्ड २०२२ दुबईमा सम्पन्न भएको छ । यो वर्ष नेपाललगायत एसियाली मुलुकका ११ जना गरी ३४ जनालाई प्रोफेसनल अचिभमेण्ट प्रदान गरिएको जनाइएको छ ।

स्वदेश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिएका विशेष व्यक्तिलाई प्रदान गरिँदै आएको ‘एसियन प्रोफेसनल एचिभमेण्ट अवार्ड’ सिजन मिडियाले यो वर्षको कार्यक्रम दुबईको याक एण्ड यति क्लबमा सम्पन्न गरेको बताइएको छ ।

कार्यक्रममा बंगलादेशका वरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । भारतीयद्वय रविशंकर पाण्डेलाई वेष्ट एजुकेशनल प्रोफेशनल अवार्ड र मानस कुमारले वेष्ट विजनेश लिडरसिप अवार्ड प्राप्त गरेका छन् । बंगलदेशका असिष्टेण्ट प्रोफेसर सल्मा अहमेदलाई कम्युनिकेटिभ इडुकेटर अवार्ड, व्यवसायी तथा कार रेसर अफ्रिन रफी मोहमदलाई प्रमोसिङ आन्टरप्रिनियर अवार्ड, पाकिस्तानका वरिष्ठ फोटोपत्रकार महम्मद जांगिर खानलाई बेष्ट फोटोजर्नालिज्म अवार्ड, इजरायली वरिष्ठ डिजिटल आर्टिष्ट वोज जोपरलाई त्रियटिभ डिजिटल आर्टिष्ट अवार्ड, फिलिपिन्सका फोटोग्राफर इस्टानो प्यानललाई विइडिङ फोटोग्राफ अफ दि इएर, ट्राभलर तथा समाजसेवी मलिर्न नाडिरालाई ह्यूमेनीटेरियन अवार्ड र डा. क्रिस्टीना रोसालाई मष्ट इन्सपायरिङ मेडिकल प्रोफेसनल क्याटोगोरी अवार्ड प्रदान गरिएको जानकारी दिइएको छ ।

नेपालीहरु पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाएका छन् । पवन अधिकारीले मिडिया आन्टरप्रिनियर अवार्ड, नारायण पौडेल हस्पिटालिटि अवार्ड, जीवन घिमिरेले बेस्ट सिभिल इञ्जिनियरिङ, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देवराज डंगोलले सोसल वर्कर, तेक्वान्दो कोच रमिला खत्रीले भर्सटायल स्पोर्ट पर्सनालिटी अवार्ड पाएका छन् ।

यस्तै, नेपाल बेष्ट स्कुल अवार्ड स्वतिश्री गुरुकुल आइ बी वल्र्ड स्कुललाई प्रदान गरिएको छ । रोजिन शाक्यले आइकोनिकक फेसन कोरियोग्राफर, नेपाल भारत मैत्री अस्पतालका सिईओ धर्मराज गोसाइले हस्पिटल एण्ड हेल्थ केयर म्यानेजमेण्ट अवार्ड, विकास खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड पाएका छ्न ।

त्यस्तै काठमाडौं फोटोग्राफर संघका अध्यक्ष दिगम्बर राजवंशीलाई फ्रोफेशनल फोटोग्राफी अवार्ड, रमेश शाहीलाई एड्भरटाइजिङ एण्ड मिडिया मार्केटिङ अवार्ड, होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुँवरलाई रिक्रियसन आन्टरप्रिनियर अवार्ड, डेभिल राजपुलताई वेष्ट डिजिटल भोटिङ अवार्ड, अटोमोबाइल व्यवसायी निर्मल सिग्देललाई प्रोमिनेण्ट आन्टरप्रिनियर अवार्ड, समाजसेवी उर्मीला गौचन शेरचनलाई महिला सामाजिक अभियन्ता अवार्ड दिइएको छ ।

वरिष्ठ पत्रकार तेज प्रकाश डुम्रेलाई डाइनामिक पत्रकारिता अवार्ड, लमजुङ हस्पिटलकी म्यानेजमेण्ट डाइरेक्टर तथा वरिष्ठ नर्स कल्पना पौडेल घिमिरेलाई हेल्थ केयर प्रोफेसनल अवार्ड, दुबईमा लामे समयदेखि फोटोग्राफी गरिरहेका फोटोग्राफर कमल श्रेष्ठलाई प्रडक्ट फोटोग्राफी अवार्ड, सनराइज बंैकका ब्राण्ड म्यानेजर सुमन थापालाई बैंकिङ ब्राण्ड म्यानेजर अफ दि इअर, थाङ्का व्यवसायी राजेन्द्र कुमार मोक्तानलाई थाङ्का आन्टरप्रिनियर अवार्ड, टुरिष्ट गाइड एसोसियनका अध्यक्ष बद्री नेपाललाई टुरिष्ट गाइड अफ दि इअर र अन्तर्राष्ट्रिय युथ लिडरसिप अवार्डबाट प्रकाशबाबु थापालाई सम्मान तथा वितरण गरिएको थियो ।

कार्यक्रममा प्रदीपकुमार श्रेष्ठलाई आइकोनिक इन्ड्रष्ट्रियल अफ नेपालको अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । त्यसैगरी सिइओ अफ दि इअर मुक्तिनाथ विकास बंैकका सिईओ प्रद्युम्न पोखरेललाई प्रदान गरिने छ । स्कुल प्रिन्सिपल अफ दि इअरबाट अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईलाई र भेट्रान स्पोर्ट पर्सनालिटीबाट अशोक कुमार श्रेष्ठ, स्पोर्ट लिडरसिप अवार्डतर्फ मनिस जोशी, युथ फेशन आन्टरप्रिनियर अवार्डका लागि कृष्णराज तिमिल्सिना, डिजिटल मार्केटिङ एक्सपर्ट बमवहादुर ढुङ्गेल, ब्युटी इडुकेटर अवार्डका लागि मिनु थापा, ब्युटी एण्ड फेशन आन्टरप्रिनियरमा ममता पौडेल, उत्कृष्ट सांस्कृतिक कार्यक्रम सञ्चालकका रुपमा नेप्लिज फेसन होमकी सञ्चालिका हेमा मानन्धरको नाम उद्घोष गरिएको छ ।

टिप्पणीहरू