सन्दिप लामिछानेका आगामी केही दिन गौशाला प्रहरी हिरासतमा

सन्दिप लामिछानेका आगामी केही दिन गौशाला प्रहरी हिरासतमा

राती २:५० बजे दोहाबाट उडेका सन्दिप लामिछाने खराव मौसमको कारण ढिलोगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै समातिएर गौशाला प्रहरी थानामा लगिएका छन् । ११:०२ बजे अवतरित कतार एअरको उडानमा आएका उनलाई नियन्त्रणमा लिएर नगर प्रहरीकाे भ्यानमा लगिएको छ ।

दशैँ विदा जारी नै रहेकोेले अबको केही दिन उनको बसाइ गौशाला प्रभागमै हुनेछ । १८ बर्ष उमेर नपुगेकी युवतीले आफूमाथि करणी भएको भनी सोही चौकीमा सन्दिपबिरुध्द उनी बिदेशमा भएकै बेला किटानी जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालतबाट केही पटक म्याद थप,हिरासतमा वयान,प्रमाण संकलनलगायतका काम सकिएपछि अदालतमा थुनछेक बहसको प्रक्रियामार्फत उनलाई पल शाहलाई झैं पुर्पक्षका निम्ति जेल पठाइने प्रवल सम्भावना रहेको जानकारहरु बताउँछन् ।

टिप्पणीहरू