अष्टमीमा भलिबल हेर्न गएका युवा विजया दशमीका दिन मृत फेला
पाल्पामा अष्टमीको दिन भलिबल प्रतियोगिता हेर्न गएका दुई युवा हिजो मृत अवस्थामा फेला परेका छन् । पाल्पाको निस्दी–३, झिरुवास भलुवाका ती युवाको शव फेला परेको छ ।
२१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षे ईन्द्रबहादुर खरुमगरको शव फेला परेको प्रहरीले जनाएको छ । निस्दी–४, मित्याल मौलाथरमा भलिबल हेर्न हिँडेका उनीहरु घर नफर्केपछि खोजी गर्ने क्रममा हिजो शव फेला परेको हो ।
सोमैको निस्दी–४, मित्यालकै झल्र्याङ्दी खोलामा र खरुमगरको निस्दी–५, ढुङ्गानाबेँसीस्थित खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीयवासीले झल्र्याङ्दी खोल्साले बगाउँदा उनीहरुको मृत्यु आशंका गरेका छन् । प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ ।
टिप्पणीहरू