मनाङमा व्यापक हिमपात, सतर्कता अपनाउन अनुरोध

मनाङमा व्यापक हिमपात, सतर्कता अपनाउन अनुरोध

लगातारको वर्षापछि मनाङमा व्यापक हिमपात भएको छ । जिल्लाका उच्च भागमा आज बिहानबाट हिमपात भएको बताइएको छ ।

तीन दिनदेखिको वर्षापछि तापक्रम घटेका कारण हिउँ परेको स्थानीयले बताएका छन् । मध्य असोजमा मनाङका डाँडाकाँडा हिउँले सेताम्मे भएको छ ।

मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका धेरै हिउँ परेको बताइन्छ । त्यसैगरी माथिल्लो क्षेत्रका अधिकांश भूभागमा बाक्लो हिउँ परेको छ । सामान्यतयाः मंसिर लागेपछि वर्षा भएको अवस्थामा पर्ने हिउँ यो वर्ष हालसम्मकै छिटो हो ।

मनाङमा दुई फिटसम्म हिउँ परेको र विद्युत आपूर्ति बन्द भएको छ । निरन्तरको हिमपातपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

टिप्पणीहरू