असोजमा पनि बनेपा बजार डुबानमा

असोजमा पनि बनेपा बजार डुबानमा

मध्य असोजमा परेको अविरल वर्षाका कारण व्यस्त बनेपा बजार डुबानमा परेको छ । प्रायः हरेक वर्षको असार साउनमा पर्ने मुसलधारे वर्षापछि जलमग्न हुने बनेपाको अरनिको राजमार्ग क्षेत्र आज पनि त्यस्तै भएको छ ।

लगातारको वर्षापछि आएको बाढीले सडक नदीझैँ भएको छ । साना सवारी साधन बनेपा बजारको दुवैतर्फ रोकिएका छन् । पैदल यात्रु सकसमा परेको बताइन्छ ।

धुलिखेलबाट काठमाडौंतर्फ आउँदै गरेका सवारी साधन र काठमाडौंबाट बनेपा, धुलिखेलतर्फ गएका सवारी साधनको लामो लाइन देख्न सकिन्छ । बेमौसमा परेको अविरल वर्षाले विजया दशमीको भोलिपल्ट मान्यजनको हातबाट टीका लगाउन र अत्यावश्यक काममा हिँडेकाहरु सबैभन्दा धेरै मर्कामा परेको बताइन्छ ।

टिप्पणीहरू