टीका लगाएर फर्कंदै गरेका युवक भीरबाट खसे
हुम्लामा भीरबाट लडेर २३ वर्षीय युवकको ज्यान गएको छ । हिजो विजया दशमीको टीका लगाएर अर्को गाउँ जाने क्रममा भीरबाट लडेर ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दशैंको टीका लगाएर अर्को गाउँमा आफन्तको घरमा टीका लाउन जाने क्रममा बलराम बिकको भीरबाट लडेर मृत्यु भएको हो । टीका लगाएपछि मदिरा सेवन गरेका बलराम भीरबाट लडेको बताइन्छ । उनको घटनास्थलमै मृत्युु भएको प्रहरीले जानकारी दिएको छ ।
राति अबेरसम्म उनी घर नफर्केपछि परिवारले खोजी गरेको थियो । उनको आज बिहान शव फेला परेको हो । झण्डै एक वर्षअघि विवाह गरेका उनकी श्रीमती गर्भवती रहेको परिवारका सदस्यले बताएका छन् ।
टिप्पणीहरू