अविरल वर्षामा पनि ललितपुरमा आगलागी, तत्काल नियन्त्रणमा
आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानमा आगलागी भएको छ । दिउँसो पौने ४ बजेको समयमा महालक्ष्मी मन्दिर परिसरभित्रको पिपलको बोट ढलेपछि आगो सल्किएको बताइन्छ ।
ढलेको पिपलको बोटले नजिकैको हाइटेन्सन लाइन चुँडिएपछि आगलागी भएको हो । पिपलको बोटले बा.५६ प ७८०२ र प्र.३–०२–०१३–५२७४ नम्बरको मोटरसाइकल थिचेको छ ।
आगलागीलगत्तै आइपुगेको दमकलका कारण थप क्षति नभएको बताइन्छ ।
टिप्पणीहरू