एक सीट बढीमा मिल्यो सल्लाह

एक सीट बढीमा मिल्यो सल्लाह

सत्ता गठबन्धनमा १६ सीटले चित्त नबुझाएको जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग १७ सीटमा चुनावी तालमेलको सहमति गरेको छ ।

मधेस प्रदेशको ८ जिल्लाका ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा क्षेत्रसहित प्रदेश १ को मोरङ र सुनसरी, लुम्बिनीको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुमा दुई दलबीच तालमेलको सहमति जुटेको हो । त्यस्तै,सुदूरपश्चिम कैलालीको एक सीटमा एमालेले जसपालाई सघाउने भर्खरै सार्वजनिक सहमति पत्रमा उल्लेख छ ।

प्रदेशसभातर्फ एमालेले ७० सीट आफूलाई राखेर जसपालाई ४२ सीट दिएको छ । चुनावपछि समेत सहकार्यलाई निरन्तरता दिने भनिएको सहमति पत्रमा एमालेका तर्फबाट अध्यक्ष खड्गप्रसाद शर्मा ओली र जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले दस्तखत गरेका छन् ।

टिप्पणीहरू