बंगलादेशबाट आयो सैन्य तालिम टोली

बंगलादेशबाट आयो सैन्य तालिम टोली

बंगलादेशमा सञ्चालित डिफेन्स सर्भिस कमाण्ड तथा स्टाफ कोर्स २०२२ मा सहभागीहरु नेपालको छ दिने भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

बंगलादेशको मिरपुरमा सहभागी प्रशिक्षार्थीसहित ४१ सदस्यीय टोली आगामी बिहीबारसम्म नेपालमा रहने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कर्णेल मोहम्मद माफिजुल इस्लाम रसिदको नेतृत्वमा आएको टोलीले भोलि शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नेछ ।

पर्सि काठमाडौंको मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र मंगलबार पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यतालिका बनाइएको छ ।सो क्रममा टोलीले काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने जनाइएको छ । यस्तो भ्रमण आदानप्रदान नेपाली सेना र अन्य मित्रराष्ट्रका सेनाबीच दोहोरो हुने गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू