गगनलाई हिजो हराउने,अब ‘सघाउने’

गगनलाई हिजो हराउने,अब ‘सघाउने’

काँग्रेस महामन्त्री गगन थापालाई हराउन आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरी एकाएक पछि हटेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को विकासका निम्ति गगन थापालाई हराउनुपर्ने भन्दै आएका चौधरीले आज मनोनयन दर्तालगत्तै उम्मेदवारी फिर्ता लिने बताएका हुन् ।

उम्मेदवारीपछि चौधरीले विज्ञप्ति जारी गरेर चुनावमा थापालाई सघाउने निर्णय भएको जानकारी गराएका छन् । यसअघि उनले थापामाथि विकासविरोधी भन्दै विभिन्न आरोप लगाएका थिए ।

टिप्पणीहरू