मौसम बिग्रिएर उद्वार हुन नसक्दा गर्भवतीको मृत्यु
हुम्लामा गर्भवती महिलाको उद्वार हुन नसक्दा प्राण गएको छ । गत असोज २१ गतेदेखि निरन्तर रक्तस्राव भैरहँदा उनकाे हिजो निधन भएको सर्केगाड गाउँपालिका-७ का वडाअध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार विगत केही दिनदेखिको अविरल वर्षा र खराब मौसमका कारण हेलिकप्टर कालिकाेटबाट हुम्ला आउँन नसक्दा रोडीकोटकी २३ वर्षीय पविता शाही छन्त्यालको मृत्यु भएको हो ।
उद्धारका लागि हिजाे सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालीकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिए पनि मौसममा सुधार नआएपछि पुनः सुर्खेतमै फर्किएको वडाअध्यक्ष खत्रीले जानकारी दिए ।
टिप्पणीहरू