स्वाध्यय लेख्न इच्छुकलाई मौका

स्वाध्यय लेख्न इच्छुकलाई मौका

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वाध्यय सामग्री लेखनका लागि आवेदन मागेको छ । केन्द्रअन्तर्गतको पाठ्यक्रम तथा सामग्री शाखाले नयाँ पाठ्यक्रमअनुसार अनिवार्य नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका स्वाध्यय लेखनका लागि आवेदन मागेको हो ।

चालु आर्थिक वर्ष २०७९–८० मा केन्द्रको वार्षिक स्वीकृत कार्यक्रमअनुसार स्वाध्यय सामग्री माग गरिएको शाखाकी निर्देशक सविता दंगालद्वारा जारी सूचनामा उल्लेख छ । खुला विश्वविद्यालयतर्फका कक्षा ११ र १२ को सामग्री लेखनका लागि योग्यता पुगेका नेपाली नागरिकले शाखाको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिनेले सम्बन्धित विषयमा स्नातकोत्तर योग्यता हासिल गरेको प्रमाणपत्र (सामाजिक विषयको हकमा सामाजिक अध्ययन र सामाजिक विज्ञान सम्बद्ध क्षेत्रका विषयमा स्नातकोत्तर गरेको ), खुला विद्यालयतर्फका स्वाध्यय सामग्री लेखनमा अनुभव भएको प्रमाण पेश गर्नुपर्नेछ ।

टिप्पणीहरू