रानीपोखरीमा घाट बनाउन अनुरोध
राजधानीको मध्यभागमा रहेको रानीपोखरीमा छठ घाटको व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरिएको छ ।
मधेशी आयोगले महानगरपालिकालाई छठ पर्व मनाउन गरेको पत्राचारमा घाट निर्माण गरिदिन भनेको हो । आयोगकी उप–सचिव सविता डंगोलले हस्ताक्षर गरेको पत्रमा रानीपोखरीको पुननिर्माण सकिएको र सञ्चालन अवस्थामा रहेकाले यो वर्ष घाटको निर्माण गरी ब्रतालुहरुलाई छठ पर्व मनाउन सहयोग गरिदिन अनुरोध गरिएको छ ।
टिप्पणीहरू