स्वीस बैंकमा पैसा थुपार्ने ३५ लाख, नेपालका कति ?
स्वीट्जरल्याण्डका अधिकारीहरूले विश्वका १०१ देशलाई आफ्नो देशमा रहेको विदेशी नागरिकको बैंक खाताको विवरण उपलब्ध गराएको छ । त्यहाँको संघीय कर प्रशासनले ३५ लाख जनाको खाता र त्यसको वित्तीय विवरण सम्बन्धित देशलाई उपलब्ध गराएको बताएको छ ।
ती देशमा विश्वका धनीदेखि गरिब मुलुकसम्म रहेको बताइएको छ । पछिल्लो समय भारत सरकारले स्वीट्जरल्याण्ड सरकारसँग आफ्ना नागरिकको बैंक खाता उपलब्ध गराइदिन आग्रह गर्दै आएको थियो । सोही विषयमा केन्द्रित रहेर कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न दुई मुलुकबीच सन् २०१८ मा बैंक खाता विवरण आदानप्रदान गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो ।
सोही सहमतिअनुसार स्वीट्जरल्याण्डले बैंक खाताको विवरण भारतलाई उपलब्ध गराएको हो । यसअघि तीनपटक वित्तीय विवरण भारतलाई उपलब्ध गराइसकेको बताइएको छ ।
सोही सन्दर्भमा अरु सय वटा मुलुकका नागरिकको पनि बैंक खाता र विवरण उपलब्ध गराइएको र त्यसमा नेपालका केही धनाढ्यको विवरण रहेको बुझिएको छ ।
टिप्पणीहरू