बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि फेरि खुवाइने
सरकारले आगामी कात्तिक २ र ३ गते मुलुकभरका बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
६ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामूदायिक स्वास्थ्य स्वयमसेविकामार्फत् भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले अनुरोध गरेको छ ।
टिप्पणीहरू