गगन थापा र राजन भट्टराईलाई टक्कर दिनेहरु घटे
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट दुई जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काँग्रेस महामन्त्री गगन थापा र एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले मनोनयन गरेको उक्त क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका दुई जनाले नाम फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का अनुसार उम्मेदवारहरु विनोदबाबु प्रधान र अरुण श्रेष्ठले उम्मेदवारी झिकेका छन् । उनीहरु दुबै निर्वाचन कार्यालयमा पुगेर तोकिएको नियमबमोजिम नाम फिर्ता लिएको बताइएको छ ।
टिप्पणीहरू