काठमाडौंमा अमेरिकी डलर अर्बपतिहरुको लर्को,नेपालका अर्बपति बेखबर
अस्ति बिहान काठमाडौंमा अमेरिकाका झण्डै पौने एक सय जना अर्बपति ओर्लिए । उनीहरु निजी जेट विमानमा नेपाल घुम्न आएका हुन् ।
बिदा मनाउन अमेरिकी ७३ जना धनाढ्यले नेपाल रोजेको बताइन्छ । उनीहरु नेशनल जोग्राफिक सोसाइटीको प्राइभेट जेट ‘बोइङ ७५७’ चार्टर गरेर मंगलबार बिहान काठमाडौं उत्रेका हुन् ।
भियतनामबाट आएका उनीहरु नेपालमा अचानक बिग्रेको मौसमका कारण आफ्नो भ्रमण कार्यक्रम छोट्याउन बाध्य भएका छन् । हिजो र आज पोखरा,मुस्ताङ र चितवन भ्रमण गर्ने कार्यक्रम थियो । तर अमेरिकी अर्बपतिहरु हिजै भुटान गएको बताइन्छ । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका उनीहरु भोलि काठमाडौं आएर भारततर्फ जाने कार्यक्रम छ ।
दक्षिण अमेरिका, अफ्रिका,एसियाका विभिन्न मुलुकको भ्रमण गरेर चार सातापछि उनीहरु अमेरिका पुग्ने तालिका भएको बुझिएको छ । विश्वका डलर अर्बपतिहरुको सूचीमा रहेका नेपालका एक मात्र विनोद चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम छैन । चौधरी भने चुनावमा व्यस्त देखिन्छन् ।
तस्बिर सौजन्य : क्या. सुरज भण्डारी ।
टिप्पणीहरू