घरभित्रै थेग्न नसकेपछि सभामुख शान्त

घरभित्रै थेग्न नसकेपछि सभामुख शान्त

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा सभामुख अग्नि सापकोटाको यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नपरेपछि चारैतिर विभिन्न अड्कलबाजी भइरहेको छ ।

यसैबीच, सापकोटाले किन उम्मेदवारी दिएनन् भन्ने जनआस्थाले खोजी गरेको छ । निश्कर्षअनुसार सापकोटाको लैनचौरस्थित सरकारी निवासमै बसेको पटक–पटकको पारिवारिक बैठकमा भतिज सुबोध पछाडि पर्ने अवस्था आएकाले यसपटक उनैलाई उम्मेदवार बनाउन दबाब दिइएको थियो ।

सो दबाब थेग्न नसकेर अग्नि सापकोटाको लागि गठबन्धनले छोडेको सिन्धुपाल्चोक निर्वाचन क्षेत्र १ मा सुुबोधले उम्मेदवारी दिएका हुन् । त्यसो त सुबोधलाई प्रदेशमा जान आग्रहसमेत गरिएको थियो । आफु पुनः गठबन्धनबाट सभामुख हुने, अवस्था फेरबदल भए प्रधानमन्त्री नै पनि हुन सक्ने भन्दै अन्तिम अवस्थासम्म पारिवारिक दबाबलाई पन्छाउने प्रयास गरेका थिए ।

सापकोटा एक नम्बर क्षेत्रबाट उठ्ने भएपछि काँग्रेसका मोहन बस्नेत दुई नम्बरतिर सरेका हुन् । बस्नेत लड्ने क्षेत्रमा कोइराला खेमाको बाहुल्यता छ भने बस्नेत देउवा पक्षधर मानिन्छन् । यसले गर्दा बस्नेतलाई चुनाव जित्न धौधौ छ । यसको फाइदा एमाले उम्मेदवारहरूले उठाउन सक्ने देखिन्छ ।

टिप्पणीहरू