बालकोटको आँगन टेक्दै एमाले उम्मेदवारको उद्घोष ‘प्रचण्डलाई हराइन्छ’

बालकोटको आँगन टेक्दै एमाले उम्मेदवारको उद्घोष ‘प्रचण्डलाई हराइन्छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी निर्वाचनमा पराजित गरेरै छाड्ने अठोट एमाले उम्मेदवारले व्यक्त गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उक्त धारणा राखेका हुन् ।

अध्यक्ष ओलीसँग गाेरखा निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार अब्दुस मियाँए हिजो भेट हुँदा उक्त अठोट जनाएका हुन् । मियाँको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गोरखाबाट हराएरै छाड्छु ।’

तर, यसअघिका संसदीय तथा गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा एमालेले प्राप्त गरेको मतलाई आधार मान्दा मियाँको उक्त दाबीलाई विश्वास गर्ने कुनै आधार देखिँदैन । एमाले स्वयमले पनि उक्त क्षेत्रमा आफू सबैभन्दा कमजोर रहेको आकलन गर्दै आएको छ ।

टिप्पणीहरू