शुरु भयो ‘बुङ महोत्सव’

शुरु भयो ‘बुङ महोत्सव’

ललितपुरको बुङमतीमा ‘बुङ महोत्सव’ शुरु भएको छ । बुङमतीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा स्वदेशी तथा विदेशीको बाक्लो उपस्थिति देखिएको छ ।

विभिन्न अतिथिको उपस्थितिमा ललितपुरका मेयर चिरिबाबु महर्जनले भर्खरै महोत्सवको उद्घाटन गर्नुभएको छ । इकोज इन द भ्यालीको संयोजनमा युरोपेली युनियनलगायतको संस्थाको सहयोगमा महोत्सव आयोजना गरिएको बताइएको छ ।

टिप्पणीहरू