सय मीटरमा निशालाई, १० हजारमा सन्तोषीलाई स्वर्ण

सय मीटरमा निशालाई, १० हजारमा सन्तोषीलाई स्वर्ण

पोखरामा हिजोबाट शुरु भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला एक सय मिटर दौडमा निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमा बनाएकी छन् । लुम्बिनी प्रदेशकी निशा चौधरीले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान तोडेर स्वर्ण पदक प्राप्त गरेकी छन् । यसअघि देवीमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा उक्त कीर्तिमान बनाएकी थिइन् ।

त्यसैगरी महिला १० हजार मीटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

आजै बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समेत स्वर्ण पदक विजेता सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण दिलाएकी छन् ।

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरेको बताइन्छ । नेपाल पुलिस क्लबकी राजपुरा पछाइले रजत र सशस्त्र प्रहरी बल, नेपालकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

टिप्पणीहरू