स्वतन्त्रलाई दिइएको चिन्हमा चल्यो खुकुरी र डोजर
निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्हमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यसअघि निर्धारित चिन्हमध्ये तीन वटामा हेरफेर गरेको जानकारी दिएको छ ।
आयोगले अस्ति गरेको निर्णयानुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिन्हको अनुसूचीमा हेरफेर गरेको हो । आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र उल्लेख गरिएको चिन्हको आकृतिमा केही भिन्नता देखिएकाले उक्त निर्णय गरिएको स्पष्टिकरण दिएको छ ।

जसअनुसार निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रमसंख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची– ३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्हअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा हेरफेर गरिएको हो । हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू