हिमानी शाहलाई नेपालको दु:खवारे जे लाग्यो
पूर्व युवराज्ञी हिमानी शाहले नेपालको मूल समस्या भूराजनीतिक संवेदनशीलता,भूराजनीतिक सन्तुलन र देशभक्तिपूर्ण नेतृत्वको अभाव भएको बताउनुभएको छ । प्रायः राजनीतिक विषयमा टिप्पणी नगर्ने शाहले ट्वीटरमा आज उक्त स्टाटस उल्लेख गर्नुभएको हो ।
हिमानी राज्यलक्ष्मी शाहको आईडीबाट लेखिएको उक्त स्टाटसमा अरु समस्या सहायक भएको उल्लेख छ । मुलुकमा देखिएको बेरोजगारी, विकास निर्माण,भ्रष्टाचार सबै सहायक समस्या भएको शाहको ठहर छ ।
मुलुक संघीय तथा प्रदेश सभा निर्वाचनमा होमिएको बेला पूर्व युवराज्ञीको राजनीतिक धारणा बाहिरिएको हो । सामाजिक सञ्जालमा युवाहरुको राजनीतिप्रतिको आकर्षणलाई सकारात्मक रुपमा लिइएको उल्लेख छ । तर युवाहरुको राजनीतिक बुझाई सतही भएको उहाँ ठान्नुहुन्छ ।
ट्वीटमा लेखिएको छ, ‘युवाहरुको राजनीतिप्रति आकर्षण सकारात्मक भए पनि नेपालको भूराजनीति र राजनीतिप्रति सतही बुझाइले अर्थहीन रहन्छ ।’

टिप्पणीहरू