सत्यमोहनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो, प्रधानमन्त्री पनि आउने

सत्यमोहनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो, प्रधानमन्त्री पनि आउने

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङगणमा राखिएको छ । पुल्चोकस्थित महानगरपालिकाको प्राङगणमा राखेर अन्तिम श्रद्धाञ्जली दिन लागिएको हो ।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थ अधिकारीहरु ललितपुर महानगरपालिका आउने जनाइएको छ । दिँउसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन् ।

१०३ वर्षीय जोशीको उपचारको क्रममा आज बिहान निधन भएको हो । ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन सातादेखि उपचाररत उहाँको उपचारकै क्रममा देहान्त भएको हो ।

स्वर्गीय जोशीको शरीर नगल्ने केमिकल प्रयोग गरि किष्टमै राखिने निर्णय अस्पतालले गरेको छ ।

टिप्पणीहरू