प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएको छ । त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निशिम थापाको खेलको क्रममा मृत्यु भएको मिडिया कोअर्डिनेटर लोकेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार क्रसकन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको समयमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ सारङकोटबाट उडेलगत्तै आकाशबाट एक सय मिटर तल भुईंमा खस्दा उनको मृत्यु भएको हो ।

टिप्पणीहरू